नेकपालाई सर्वोच्च अदालतले नभइ प्रचण्ड लगायतका नेताले फुटाएको हाे : ओली

 पुष ९, २०७९ शनिबार १४:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वोच्च अदालतले विभाजन गरेको नभई तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालहरूले फुटाएको बताउनुभएको छ ।

एमालेको प्युठान–काठमाण्डौ सम्पर्क मञ्चले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा नामको पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएकाले अदालतले नयाँ नाम लिएर आउन भनेको तर यही निहुमा प्रचण्ड लगायतका नेताहरुले फुटाएको बताउनुभयो । अर्को नाम लिएर निर्वाचन आयोगमा जान आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उहाँले दाबी गर्नुभयो ।

उहाँले योजनावद्ध रुपमा पार्टी विभाजन गरिएको दाबी गर्नुभयो । २०७४ सालको आम निर्वाचनमा गठबन्धन गरेको एमाले र माओवादीबीच एकीकरण भएर २०७५ जेठमा नेकपा बनेको थियो । २०७७ फागुनमा सर्वोच्चको फैसलापछि साविक एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए ।

यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै नागरिकको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताउनुभयो । चुनाव अघि अघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको भन्दै उहाँले एमालेले प्रतिगमनलाई एकमुष्ट पराजित गरेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया