रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
खोटाङ - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुमा हिजो भएको आगलागीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय मैया श्रेष्ठको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगोले मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेकाे थियाे। आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबर रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिनुभयो ।
मैया श्रेष्ठको २७ लाख ४५ हजार, कृष्णकुमारको २८ लाख ८३ हजार र कर्णकुमारको २८ लाख २८ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकोमा आश्रय लिएर बसेका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो । यसअघि गएको पुस ४ मा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए ।
झण्डै चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत सङ्कलन गर्ने काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।