सत्ता गठबन्धन लगभग टुट्यो : एमाले, माओवादी, रास्वपा र राप्रपा मिलेर सरकार बनाउने तयारी

 पुष १०, २०७९ आइतबार १४:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धन लगभग टुटेको छ भने नयाँ गठबन्धन बनाउने दलहरूले तयारी गरेका छन् । नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने तयारी थाल्नुभएको छ ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा जानुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोटमै हुनुहुन्छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा मिलेमा बहुमत पुग्नेछ । एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० र राप्रपाको १४ गरेर एक सय ४४ सिट पुग्नेछ । सरकार बनाउन एक सय ३८ सिट भए पुग्छ ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि माओवादीका नेताहरू बाहिरिएका थिए । माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन । माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो तर कांग्रेसले माओवादीको प्रस्ताव मानेको छैन ।

तस्बिर ‌: ओलीकाे सचिवालय

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया