देउवा गठबन्धन जाेगाइ राख्न सफल हुनुहुनेछ : मन्त्री कार्की

 पुस १०, २०७९ आइतबार १४:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारूढ गठबन्धन जोगाइ राख्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । 

आज आइतवार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले गठबन्धन देशको आवश्यकता भएकाे जिकिर गर्दै त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

माओवादीका अध्यक्ष प्रचण्डको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि प्रचण्ड बैठकबाट बाहिरिनुभएको थियो । तर मन्त्री कार्कीले फेरि केहीबेरपछि बैठक बस्ने र सहमति हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन अहिले देशको आवश्यकता हो । केही समयपछि फेरि बैठक सुरु हुन्छ र हामी एउटा निर्णयमा पुग्छौँ । हामीले गठबन्धनलाई जोगाइ राख्न प्रयासरत छाैँ । प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गर्नुभएको एक हप्ताको समय आजै बेलुकी ५ बजे सकिँदैछ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया