बालकोट बैठकबारे बालेन्द्र शाहको प्रश्न– देश व्यापार हो ? खेल हो ?

 पुष १०, २०७९ आइतबार १५:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गर्नुभएको छ ।

नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकाेटमा छलफल भइरहेको छ । यसै प्रसङ्गलाई लिएर बालेन्द्रले देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गर्नुभएको हो ।

हिजो शनिवार मेयर शाहले यस्तो कविता लेख्नुभएको थियो–

नयाँ सांसदहरू
नयाँ गफाडीहरू
उही पुरानो देश 
उही पुराना व्यापारीहरू ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया