प्रचण्डले बोलाएपछि सीके राउत पनि बालकोटमा

 पुस १०, २०७९ आइतबार १५:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुग्नुभएको छ ।

नयाँ सरकार गठनको विषयमा एमाले अध्यक्ष ओली,  माओवादीका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भइरहेका बेला प्रचण्डले राउतलाई पनि बोलाउनुभएको हो । प्रचण्डले बोलाएपछि राउत पनि बालकोट पुग्नुभएको छ ।

ओली र प्रचण्डले सरकार गठनमा सघाउन राउतलाई आग्रह गर्नुभएको छ । राउतको पार्टीले संसदमा छ सिट रहेको छ । नयाँ सरकार बनाउन एक सय ३८ सिटको आवश्यकता छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमतसहित नयाँ सरकारको गठन गर्न दिएको एक हप्ताको समय आजै बेलुका ५ बजे सकिँदैछ । ५ बजेअघि नै बहुमत पुर्‍याएर राष्ट्रपतिसमक्ष दाबी पेस गर्न दलहरू दौडधुपमा छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया