ओमन पुगेकी दैलेखकी एक महिलाकाे गाडी दुर्घटनामा ज्यान गयाे

 पुस ११, २०७९ सोमबार २०:९:२६ | अमर सुनार
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दैलेख – वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी दैलेखकी एक महिलाको गाडी दुर्घटनामा ज्यान गएको छ । नारायण नगरपालिका वडा नं. ७ किमुगाउँकी २७ वर्षीया शान्ति मल्लको ज्यान गएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।

दुबईको रसअल खैमाहमा रहनुभएका मृतकका मामा हर्कबहामदुर चन्दले मार्केटिङकाे काम सकेर सडक पार गर्दा ओमनको मस्कट अमर भन्ने ठाउँमा कारको ठक्करबाट सोमवार दिउँसो शान्तिको ज्यान गएको उज्यालोलाई बताउनुभयो । 

श्रीमान् झलकबहादुर शाहीले दोस्राे विवाह गरेपछि चार वर्षदेखि माइतीको संरक्षणमा बस्दै आउनुभएकी शान्ति दुई दुई महिना अघिमात्र वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुग्नुभएको हो । उहाँकी नाै वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Surya Prasad Dhungana

    Dec. 26, 2022, 10:17 p.m.

    ओमनको अमरत भन्ने ठाउं होला , दुखद खबर ...

  •  0 Reply

तपाईको प्रतिक्रिया