सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा बढीको क्षति

 पुस १५, २०७९ शुक्रबार १५:१२:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा आज बिहान भएकाे आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ । गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएकाे हाे।

आगलागीमा परेर उहाँका पशु चाैपाया समेत जलेका प्रहरीले जनाएको छ ।

स्थानीयवासी,सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राजविराज नगरपालिकाको सहयोगमा आगाे बिहानै निभाइएकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया