खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउडमा मी टू अभियान अन्तरगत एकपछि अर्को गर्दै यौन शोषणका घटनाहरु सार्वजनिक भइरहेका छन् । बलिउडमा काम गर्ने क्रममा यौन शोषणमा परेका पीडितहरु ती घटनाहरुको पर्दाफास गरिरहेका छन् ।
पछिल्लो समय निर्देशक विकास बहलको नाम पनि विवादमा आएको छ । सन् २०१६ मा बनेको फिल्म ‘बम्बे भेलवेट’ को प्रमोसनको टुरका क्रममा फिल्म क्रूमा आवद्ध एक महिलाले आफूमाथि विकासले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । ती महिलाले फ्यान्टम फिल्म्सका संचालक अनुराग कश्यपसँग त्यस घटनाको विषयमा कुरा गरेकी थिइन् । तर त्यो घटनामाथि कुनै पनि कारबाही भएन । लामो समयसम्म यस घटनाको विषयमा चुप लागेर बसेका अनुराग कश्यपले यस विषयमा बोलेका छन् ।
अनुरागले मिडियासँग कुराकानीका क्रममा भनेका छन्, ‘जे भयो त्यो गलत थियो । हामीहरुले त्यसबेला यस घटनालाई सही ढंगले ह्याण्डल गर्न सकेनौँ । हामी पूर्ण रुपमा असफल भयौँ । यसमा म आफू स्वयम् बाहेक अरु कसैलाई आरोप लगाउन सक्दिनँ । तर अब म यस केसलाई सही ढंगले ह्याण्डल गर्ने प्रतिवद्धता गर्छु । मलाई ती महिलाप्रति पूर्ण रुपमा भरोसा छ । उनलाई म पूर्ण सहयोग गर्छु । विकास बहलले जे गरे त्यो निकै डरलाग्दो थियो । हामी सबै यस कुरालाई ठीक गर्न तर्फ लागेका छौँ । हामी यसमा जे जति गर्न सक्छौँ त्यो सब गर्नेछौँ ।’
अभिनेत्री कंगना रनावतले निर्देशक विकास बहलका साथ फिल्म ‘क्वीन’ मा काम गरेकी थिइन् । कंगनाले पनि विकास बहलका बारेमा बयान दिएकी छिन् । उनले भनेकी छिन्, ‘म ती पीडित महिलामाथि पूर्णरुपमा भरोसा गर्छु । जब हामी फिल्म ‘क्वीन’ को छायांकन गरिरहेका थियौँ । त्यसबेला विकास विवाहित थिए तर उनी हरेक दिन नयाँ पार्टनरका साथ शारीरिक सम्बन्ध राख्ने गरेको बताउने गर्थे । विकास हरेक रात पार्टी गर्थे र म त्यो पार्टीमा नगएको भन्दै मेरो मजाक उडाउँथे । विकास जति पटक भेट्थे एकदमै अप्ठ्यारो हुने गरी अँगालो हाल्थे ।’
कंगना अगाडि भन्छिन्, ‘मलाई उनको व्यवहार देख्दा लाग्थ्यो केही त गडबड छ । अहिले विकास बहल र अनुराग कश्यपले सञ्चालन गदै आएको फ्यान्टम फिल्म्स बन्द भएपछि यस कुराको धेरै चर्चा भइरहेको छ । तर यो मुद्दा पहिले पनि उठेको थियो तर निकै सजिलो तरिकाले यस कुरालाई दबाइएको थियो । मैले पहिले पनि पीडितको पक्षमा बोलेकी थिएँ । त्यही बेला विकास मसँग हरियाणाकी गोल्ड मेडलिष्टको जीवनीमा बन्ने फिल्मको स्क्रिप्ट लिएर आएका थिए । तर मैले ती पीडितको पक्षमा बोलेपछि उनले मसँग कुराकानी गर्नै बन्द गरिदिएका थिए ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।