बालुवामा खाल्डो परेर पुरेको अवस्थामा सप्तरीबाट ८ क्विन्टल गाँजा बरामद

 पुस १६, २०७९ शनिबार ११:२:१५ | शुभनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

सप्तरी - सप्तरीमा बालुवामा खाल्डो खनेर पुरेको अवस्थामा प्रहरीले ८ क्विन्टलभन्दा धेरै गाँजा बरामद गरेको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर–१ कोशी ब्यारेजको गोल घरदेखि झण्डै ५ सय मिटर उत्तर पूर्व कोशी भङ्गालको पूर्वी टापुमा खाल्डो खनेर पुरेको अवस्थामा ८ क्विन्टल १० किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

खाल्डो खनेर ठूलो मात्रामा गाँजा राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । बालुवा खनेर एक ठाउँमा १२ बोरा, दोस्राे ठाउँमा ९ बोरा र तेस्राे ठाउँमा ६ बोरा गरी २७ वटा बोरामा गाँजा भेटिएको हो ।

२७ वटा बोरामा भेटिएको गाँजाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया