सरकारको साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न पीआईबीको आग्रह

 पुष १८, २०७९ सोमबार ९:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा रहेको गैरसरकारी संस्था पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर पीआईबीले भुटान सरकारसँग कुटनीतिक संवाद गर्न र लामो समयदेखि रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो ।

राज्यविहीन अवस्थामा शरणार्थी शिविरमा कुनै पनि व्यक्तिलाई नछोड्न तथा आफूहरु नेपाल र भुटान सरकारसँग मिलेर काम तयार रहेको पनि पीआईबीले बताएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया