ओढिरहेकाे कम्बलमा आगाे सल्किँदा राउटे युवक घाइते

 पुस २०, २०७९ बुधबार १७:४७:१८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा ओढिरहेको कम्बलमा आगो सल्किँदा एक जना राउटे युवक घाइते भएका छन् । आगोले जलेर नारायण नगरपालिका वडा नम्बर ८ सालेतडामा बस्दै आएका ३८ वर्षका नारायण शाही घाइते हुनुभएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

राति सुत्दा छेउमा आगो बलेर सुतेका कारण कम्बलमा आगाे सल्किएकाे हो । परिवारका सदस्यले आगो सल्किएको थाहा पाएपछि कम्बल हटाएका थिए ।  

घाइते शाहीको छाती, दाहिने पाखुरा र ढाडमा आगाेले पाेलेकाे छ । उहाँकाे जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेकाे छ । ‘यहाँ उपचार सम्भव छ तर समय अलि लाग्छ’, उपचारमा संलग्न दैलेख जिल्ला अस्पतालका डा. प्रयासराज सिवाकोटीले भन्नुभयाे । 

हिजाे मङ्गलवार सामाजिक सुरक्षा भत्ता पाएपछि शाहीले अत्यधिक रक्सी खाएर सुतेका महामुखिया महिनबहादुर शाहीले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया