जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा भालुकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ ।
भालुकाे आक्रमणबाट शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा ८० वर्षका रामबहादुर क्षेत्रीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयाे । आज बुधवार घरबाट झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा भालुकाे आक्रमणबाट उहाँ घाइते हुनुभएकाे थियाे । उहाँकाे उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ज्यान गएकाे हाे ।
प्रहरी कार्यालयले रानी सामुदायिक वन तथा अन्य क्षेत्रहरूमा एक्लै नहिँड्न र हिँड्नुपरेमा सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरेको छ ।
यस्तै अर्घाखाँचीको शितगंगा १४ सिमलपानीमा बसले किचेर एक वृद्धाकाे ज्यान गएकाे छ । कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया इन्द्रकला भट्टराईलाई त्यही बसको पछाडिको चक्काले किचेको थियो ।
कपिलवस्तुको पिपरामा रहेकाे सामुदयिक अस्पतालमा उपचारको क्रममा गए राति उहाँको ज्यान गएको हो । प्रहरी बसका चालकलाई पक्राउ गरेकाे छ ।