आजदेखि हलमा 'चि मुसी चि'

 पुस २२, २०७९ शुक्रबार १२:२६:२९ | रासस
unn.prixa.net

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ आजदेखि प्रदर्शनमा आएको छ । हरर जनरामा आधारित यस फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतकाे अभिनय रहेकाे छ । 

हरर जनराको यस फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टाेलीले लिएकाे छ । मर्ण जेम्स  र यश साइनीको निर्देशनमा तयार यस फिल्मले हरर कन्टेनमा उठ्ने प्रश्नको जवाफ दिने बताइएको छ । 

'हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ । यसले हलसम्म पुग्ने दर्शकलाई रेगुलरभन्दा फरकपन पक्कै दिनेछ', निर्देशक जेम्सले भन्नुभयो । 'मैले सुनकेशरी नामक हरर फिल्म बनाए । यद्दपि बनाउन चाहेको भने यस्तो थियो । डेब्यु निर्देशकले निकै राम्रो काम गरेका छन्', अभिनेत्री ऋचा शर्माले भनिन् ।

अभिनेत्री हमालले यस अगाडि ‘घर’ नामक फिल्ममा काम गरेकी थिइन् । 'निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु', अभिनेत्री हमालले भनिन् । अभिनेत्री हमालझैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले ‘आवरण’, ‘माला’ लगायतका हरर फिल्ममा काम गरेकी छिन् । निर्देशकद्वयकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निर्देशक साइनीको सम्पादन रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया