शीतलहरका कारण तराई/मधेसको जनजीवन प्रभावित : प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

 पुष २३, २०७९ शनिबार ७:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिसो र शीतलहरले तराई/मधेसको जनजीवन प्रभावित बनेको छ । विशेषगरी मध्य तथा पश्चिम तराईमा शीतलहर छ ।

तराईमा अझै केही दिन शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको थियो । आज पनि तराईमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ भने पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

आज काठमाण्डौमा बिहान न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसैबीच गृह मन्त्रालयले शीतलहर र हिमपात हुने क्षेत्रमा आवश्यक तयारी गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चिसो, शीतलहर तथा हिमपातबाट नागरिकलाई जोगाउन तथा क्षति हुन नदिन सरकारका तर्फबाट आवश्यक पहल गर्नु भनेर जिल्ला प्रशासनलाई  पत्राचार गरिएको छ ।

यस्तै, मधेस प्रदेश सरकारले शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख रुपैयाँका दरले दिने निर्णय समेत गरेको छ ।

मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । यो रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिनेछ । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया