शितगंगा नगरपालिकाद्वारा गर्भवती महिलाहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण

 पुस २३, २०७९ शनिबार १३:११:२४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकाले गाउँमै पुगेर गर्भवती महिलाहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ । 

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर थाहा पाउन भिडियो एक्सरे तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाका मेयर छविलाल पौडेलले बताउनुभयो । यो क्षेत्रका गर्भवती महिलालाई स्वास्थ्य परीक्षणकै लागि सन्धिखर्क तथा बुटवल जानु पर्ने बाध्यता थियो । नगरपालिकाको यो कार्यक्रमले गर्भवती महिलाहरुलाई सुविधा भएको पौडेलको भनाइ छ ।

यो कार्यक्रम नगरपालिकाभित्र रहेका सबै १४ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा सञ्चालन हुनेछ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया