पाल्पामा ट्र्याक्टर दुर्घटना : एक जनाको ज्यान गयो, ४ जना घाइते

 पुस २५, २०७९ सोमबार ८:२४:२७ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।  

रम्भा गाउँपालिका-३ कालीगण्डकी कोरिडोर सडक खण्डमा गएराति भएको दुर्घटनामा  रम्भा गाउँपालिका १ हुँगीका १७ वर्षीय विशाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 लु ४ त ७९१६  नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ  पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया