प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सर्‍याे

 पुस २६, २०७९ मंगलबार १०:३४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक  सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने नदिने विषयमा कांग्रेस छलफलमा छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया