चितवनमा सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू

 पुष २६, २०७९ मंगलबार १३:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो। 

‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ । कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गरिएको हो । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ राखिएको छ । जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ । राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र  नागरिकता एवं प्रतिलिपि सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिने गरिएको छ । सेवा लिन आएका सेवाग्राहीहरुले टाइम कार्ड लागू भएपछि तोकिएको समयमा सेवा पाएका छन् ।

अहिले कार्यालयबाट दैनिक रुपमा राष्ट्रिय परिचय पत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० जना र प्रतिलिपि लिने ७० जना हुने गरेको उहाँले बताउनुभयो।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया