कालीकोटमा विद्युत् सेवा राेकियाे

 पुस २७, २०७९ बुधबार १५:३०:३९ | मनिराज पाण्डे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कालीकोट – कालीकाेटमा विद्युत् सेवा राेकिएकाे छ । भोल्टेज कम भएकाले कालीकोट जिल्लाभर हिजो मङ्गलवारदेखि विद्युत् सेवा राेकिएकाे नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

विद्युतको भरमा रहेको जिल्लाका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी कार्यालयको कामसमेत प्रभावित भएको छ । यस्तै जुम्लामा राष्ट्रिय प्रसारण लाइन राेकिएकाे छ ।

विद्युत् सेवा राेकिँदा कालीकोटदेखि जुम्लासम्मकै स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीयले विद्युत् सेवा सञ्चालनका लागि प्राधिकरणले ढिलासुस्ती गरेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया