घनश्याम भुसाल भाेलि एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने

 पुस २८, २०७९ बिहिबार १७:०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उहाँले चर्को विरोध गर्नुभयो । यस्तै महाधिवेशनमा पनि ओलीको निर्देशन विपरीत भुसालले उम्मेदवारी दिनुभएको थियो ।

गएको मङ्सिर ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उहाँले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिनुभएको थियो । चुनावमा पराजित भएपछि उहाँ निष्क्रियजस्तै हुनुहुन्थ्यो ।

एकीकृत समाजवादीले घनश्याम भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया