अर्घाखाँचीमा ४७ फिट अग्लो त्रिशूल स्थापना

 पुस २८, २०७९ बिहिबार १९:३९:५२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूलस्थापना गरिएको छ । 

सन्धिखर्क नगरपालिका २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो ।  

धार्मिक पर्यटक भित्राउने उद्देश्यले त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताउनुभयो । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । 

यसअघि दाङमा साढे ४१ फिट अग्लो र पाल्पाको भैरवनाथ मन्दिरमा ३५ फिट अग्लो त्रिशूल स्थापना भइसकेकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Ashok

    Jan. 13, 2023, 4:09 a.m.

    कुन धातु बाट र कति लागतमा कहा तयार गरिएको हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया