जिल्ला प्रशासन कार्यालयका अधिकृत घुससहित रंगेहात पक्राउ

 जेठ २४, २०७५ बिहिबार १४:५४:५६ | रामबाबु खड्का

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश दास ५० हजार रुपैयाँ घुससहित  प्रकाउ परेका छन् ।

महोत्तरीको बर्दिवासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  उनलाई बुधबार  पक्राउ गरेको हो । प्रशासकीय  अधिकृत  दासले सर्लाही  सदरमुकाम मंलगवामा रहेको शिव किराना पसलको  मुद्दा  मिलाउने भन्दै  घुस लिएको अख्तियारले  दाबी गरेको छ। 

प्रशासकिय अधिकृत दाश  भने आफुले कुनै रकम नलिएको दाबी गर्दै फसाउन उद्श्यले आफू सवार गाडीमा  कसैले रकम राखेको दाबी गरेका छन।
उनलाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय  बर्दिवासमा  राखिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया