लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार र होटल व्यवसायीबीच...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - ६८ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ ।
बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज अवतरण हुनै लाग्दा सेती खोँचमा खसेर दुर्घटनामा परेको हो । खोलामा खसेको विमान आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले पनि आगो निभाउने प्रयास चलिरहेको जानकारी दिनुभयो ।
भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनामा पर्नुलाई हवाई क्षेत्रका व्यक्तिहरुले नै आश्चर्यका रुपमा हेरेका छन् । सुगम भौगोलिक क्षेत्र र विमानस्थल नजिकै विमान खस्नु निकै दु:खद् घटना भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ ।
‘अवतरणको बेला टर्निङ लिँदा समस्या छ भन्ने सुनेको हो, आज त्यै समस्याका कारण दु:खद् दुर्घटना भएको अनुमान गरेका छौँ ।’ यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।