प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
रोल्पा – साहसिक जलयात्रा मार्फत पर्यटक भित्राउने उद्देश्यले रोल्पामा पहिलोपटक व्यावसायिक रुपमा र्याफ्टिङ सुरु गरिएको छ ।
सुनिलस्मृति गाउँपालिका र कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चर प्रालिको सार्वजनिक–नीजि साझेदारीमा सुलिचौरमा रहेको लुङ्ग्री खोलाबाट र्याफ्टिङ सुरु गरिएको हो ।
रोल्पाको सुलिचौरबाट प्यूठान हुँदै दाङको भालुवाङसम्म सञ्चालन हुने र्याफ्टिङको सोमबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले जिल्लाको पर्यटन प्रवद्र्धनमा एउटा नयाँ व्यवसाय थपिएको बताउनुभयो ।
‘नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ उहाँले भन्नुभयो, ‘पर्यटक भित्रिएपछि रोल्पालीले त्यसको फाइदा लिन सक्ने छन् ।’
सरकारले देशभरका एकसय वटा पर्यटकीय गन्तव्य छनौट गर्दा रोल्पाको जलजला पनि परेकाले जलजला आउने पर्यटकलाई र्याफ्टिङले थप आकर्षित गर्नेसमेत मन्त्री पुनले बताउनुभयो ।
यस्तै कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चर प्रालिका सञ्चालक एवम् पर्यटन व्यवसायी देवराज जैसीले निकट भविष्यमै सञ्चालनमा आउन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी पर्यटकसमेत सिधै यस क्षेत्रमा ल्याउन सकिने विचार राख्नुभयो ।
‘पहिला पर्यटक आएपछि बल्ल व्यवसाय सुरु गरौंला भनेर कहिल्यै व्यवसाय हुँदैन, जैसीले भन्नुभयो, ‘पर्यटक आकर्षण गर्ने व्यवसाय सुरु भएमात्र पर्यटक आउने हो ।’
पर्यटन प्रवर्द्धन मार्फत यस क्षेत्रको गरिबी र बेरोजगारी हटाउने लक्ष्यसहित आफूहरु लागिपरेको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो ।
प्यूठान स्वर्गद्वारीको फेदमा सञ्चालित र्याफ्टिङले जिल्लालाई समृद्ध बनाउन सकिनेसमेत घर्तीले उल्लेख गर्नुभयो ।
करिब २० लाख रुपैयाँको सार्वजनिक–निजी साझेदारीमा सञ्चालित र्याफ्टिङबाट जिल्लामा धार्मिक, साँस्कृतिक तथा पर्या–पर्यटक भित्र्याउन सकिने अपेक्षा गरिएको अध्यक्ष घर्तीको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।