१ लाख ४० हजार रुपैयाँ घुससहित शम्भुनाथ नगरपालिकाका इन्जिनियर पक्राउ

 माघ ३, २०७९ मंगलबार १७:१३:५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीकाे शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् । 

निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएकाे टाेलीले इन्जिनयर साहलाई पक्राउ गरेको हाे । सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा साहलाई रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे । 

यता सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय इटहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया