जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
अर्घाखाँची – दिउँसोको समय मानिसहरू घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासी भूकम्प आएको भन्ने आवाज आयो । भूकम्प आयो बचाउनुहोस् भन्ने आवाज सुनियो । टुँडिखेलमा रहेको घर भूकम्पले गर्ल्यामगुर्लुम ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिसहरू भूकम्प आयो, घरमा आगो लाग्यो गुहार गुहार भन्दै बाहिर निस्किए ।
एकैछिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आयो । घरमा लागेको आगो निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरबाट बाहिर निकाल्यो । त्यही बेला साइरन बजाउँदै एम्बुलेन्स आयो । च्यापिएको घरबाट निकालिएका घाइतेहरूलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पठाइयो । त्यहाँ दमकल पनि आयो । घरमा लागेको आगो निभायो । सुरक्षाकर्मीको टोलीले घरमा च्यापिएका लत्ता कपडा, अन्नपात निकाले । घरमा रहेका सदस्यलाई घर पनि बनाइदिन्छौँ चिन्ता नगर्नु भनेर सहानुभूति दिए ।
यो दृश्य सन्धिखर्कको टुँडिखेलमा भूकम्प आउँदा हुन सक्ने अवस्था र क्षतिको विषयमा जिल्ला सुरक्षा समितिले देखाएको कृत्रिम अभ्यासको हो । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह–आयोजनामा कृत्रिम अभ्यास गरिको थियो ।
साँच्चिकै भूकम्प आएकोजस्तो देखिने दृश्यमा उपस्थित भएकाहरूलाई भूकम्पबाट बच्न सकिने उपायका बारेमा डेमो प्रदर्शन गरिएको सन्धिखर्क नगरपालिकाका मेयस कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । भूकम्प जुनसुकै बेला पनि आउन सक्ने भएकाले कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।
तस्बिर : प्रेमनारायण आचार्य