धनुषामा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको ३५ लाख रुपैयाँभन्दा बढीको सामान प्रहरीद्वारा बरामद

 माघ ४, २०७९ बुधबार ९:४१:१३ | सुजीत झा
unn.prixa.net

धनुषा – भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ३५ लाख भन्दा बढीको समान धनुषा प्रहरीले बरामद गरेको छ । बरामद भएको सामान जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनामा पर्ने सडकखण्डबाट ६ लाख ३६ हजार ३ सय बराबरको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयाे । त्यस क्रममा प्रहरीले ज १ ह ४७८१ नम्बरको अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका –२५का सन्तोष झा धनुषाको धनौजी गाउँपालिका–३ का जाहिर नदाफलाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

त्यसैगरीे जिल्लाको औरही गाँउपालिका–२ मा  भारतबाट अवैध रुपमा भन्सार छली चोरी गरी बा.प.०२–०२७ च. ६५२२. नं.को पिकअप गाडीमा पापरलगायतका सर–सामान लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी जाँच गर्दा ती सामानहरुको आवश्यक बिल बिजक नभएकोले नियन्त्रणमा लिएको जनाइएको छ ।

पिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका– १६को ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ गाडी र पापरसहित गरी २५ लाख ६० हजार बराबरको सामान भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको उपरीक्षक क्षेत्रीले बताउनुभयाे ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका–२२ काे सडक खण्डमा ३ वटा मोटरसाइकलमा भारतबाट भन्सार छलेर ल्याइएको ३ लाख २९ हजार ९ सय ५५ रुपैयाँ बराबरको किराना सामान पनि नियन्त्रणमा लिइ भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया