'ए' डिभिजन लिगको तालिका सार्वजनिक, पहिलो खेल फागुन १९ गते

 माघ ६, २०७९ शुक्रबार १६:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल तालिका सार्वजनिक गरेको हो । लिग फागुन १९ गतेदेखि सुरु हुने छ । यसपालि लिग डबल राउन्ड रोबिनमा हुनेछ । लिगका खेलहरु त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । रङ्गशालामा हुने उद्घाटन खेल फागुन १९ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेल नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ ।

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ । यस पटकको लिगमा १ सय ८२ वटा खेल हुनेछन् । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै 'मोस्ट भ्यालुएबल' खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । फेयर प्ले अवार्ड विजेताले ३ लाख रुपैयाँ पाउने छ । प्रत्येक खेलको विजेता क्लबले म्याच मनिबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ पाउनेछन्। 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया