साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव

 माघ ७, २०७९ शनिबार ८:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बङ्लादेशमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आउँदो असारमा गर्न प्रस्ताव गरिएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता असार ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो ।

साफको प्रस्तावमा छलफल चलिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिएका छन् । १४औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित ७ देशको सहभागिता हुनेछ ।

माल्दिभ्समा भएको अघिल्लो संस्करणमा भुटान र पाकिस्तान सहभागी थिएनन् । १३औँ साफ च्याम्पियनसिपमा भारत विजेता र नेपाल उपविजेता बनेको थियो।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया