प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि सुदूरपश्चिमले जित्यो

 माघ ७, २०७९ शनिबार १४:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि सम्झना खड्काले नटआउट २७ र कविता जोशीले १९ रन  बनाए । यस्तै, डोली भट्टले २२ र कविता कुँवरले १२ रन बनाईन् ।

प्रदेश एकका सवनम राई, रुवीना चौधरी, संगीता राई र हिरामायी रोयले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकका काजल श्रेष्ठले ४८, अप्सरी बेगमले १५ र रुवीना चौधरीले १४ रन बनाए । सुदूरपश्चिमका मनिषा चौधरीले दुई र रितु कनौजियाले एक विकेट लिए ।  

प्रतियोगिताको विजेता बनेको सुदूरपश्चिम प्रदेशले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया