प्रिमियर लिग : इर्लिङ हालान्डकाे ह्याट्रिकसँगै म्यानचेस्टर सिटीको जित

 माघ ९, २०७९ सोमबार ६:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई हराएको छ । गएराति भएकाे खेलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई ३–० गाेलले हराएकाे हाे । 

सिटीको जितमा इर्लिङ हालान्ड नायब बने । उनले ह्याट्रिक गरे । खेलको ४०, ५० र ५४ औँ मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३–० को जित निकालेको हो ।

जितसँगै सिटीले २० खेलमा ४५ अङ्क जोडेको छ ।

यस्तै, राति नै भएको अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफ्रोडले गोलराहित बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया