बाग्मती प्रदेश सरकारले पूर्णता पायो, थप आठ मन्त्रीले शपथ लिए

 माघ ११, २०७९ बुधबार १४:५३:१३ | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डौ – बाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ । आज थप भएका मन्त्रीहरुले सपथ लिएसँगै ११ सदस्यीय बाग्मती प्रदेश सरकारले पूर्णता पाएको हो ।

यसअघि १४ सदस्यीय रहेको बाग्मती प्रदेशमा तीन वटा मन्त्रालय घटाएर ११ सदस्यीय कायम गरी मन्त्रिपरिषद विस्तार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

बाग्मती प्रदेशमा एमाले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाएका छन् । नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री बन्नुभएको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भैसक्नुभएको छ । यस्तै माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्नुभएको छ । 

माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल प्रदेश मुख्यमन्त्री हुनुहुन्छ । राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्नु भएको छ ।

यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्नुभएको छ ।   
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया