पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयाे

 माघ १२, २०७९ बिहिबार १०:८:५९ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-५ केराबारी नजिकै पाल्पाबाट बुटवलका लागि छुटेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खसेको हाे । 

न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हाे । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया