जुम्लामा हिमपातले हवाई सेवा बन्द, धावनमार्गमा जमेको हिउँ फाल्ने काम सुरु

 माघ १२, २०७९ बिहिबार ११:४५:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । अस्तिदेखिको लगातारको हिमपातले धावनमार्गमा हिउँ जमेपछि जहाज बस्न सकेको छैन ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उहाँका अनुसार आज भने मौसम राम्रो भए पनि धावनमार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन।

आज मौसम राम्रो भएकाले नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धावनमार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिनुभयो । धावनमार्गमा हिउँ जमेपछि बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा जमेको हिउँ फाल्ने काम सुरु गरेको छ ।

नेपाली सेना २४ नम्बर वाहिनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया