प्रेमप्रसाद घटना : मानव अधिकार आयोगको ध्यानाकर्षण, सम्मानपूर्वक बाँच्ने हक सुनिश्चित गर्न निर्देशन

 माघ १३, २०७९ शुक्रबार ८:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

गएको मङ्गलवार आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा अस्ति बुधवार ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चित गर्न माग गरेको हो ।

आयोगका सदस्य लिली थापाले आचार्यको परिवारका सदस्यसँग भेट गरी घटनाका बारेमा जानकारी लिनुका साथै कानुनी प्रक्रियामा सहजीकरण गर्न पहल गर्नुभएको पनि आयोगले जनाएको छ । आत्मदाह गर्नु अगाडि आचार्यले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका विषय लोकतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेको राज्यका लागि अत्यन्त सोचनीय र संवेदनशील विषय रहेको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले प्रत्याभूत गरेको कुनै पनि व्यक्तिको बाँच्न पाउने हक र न्यायसम्बन्धी हकको सुनिश्चिताका साथै पेसा, व्यवसाय र सम्पत्तिको संरक्षण गर्ने वातावरणको निर्माण गरी राज्यको नागरिकप्रतिको दायित्व पूरा गर्न आयोगले माग गरेको छ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया