खाँडाचक्रका मेयर र उपमेयरबीच विवाद, सडकमै हात हालाहाल

 माघ १५, २०७९ आइतबार १९:१५:२१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – आन्तरिक विवाद चर्किएपछि कालीकाेटकाे खाँडाचक्र नगरपालिकाका मेयर र उमपेयरबीच सडकमै हात हालाहाल भएको छ । 

नगरपालिकाले भर्खरै खुलाएको विज्ञापनमा करारमा कसका कति कर्मचारी राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीबीच विवाद भएको थियाे । दुवै जनाले अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले बताएका छन् ।

शुक्रवार राति अबेर सडकमै हात हालाहाल गरेका मेयर र उपमेयरले आज आइतवार बिहान ११ बजे फेरि नगरपालिका भवनबाहिर झगडा गरेका प्रत्यक्षदर्शीले बताएका छन् । मेयरले पुराना कर्मचारी सबै हटाउन नमानेका र उपमेयरले करारका सबै कर्मचारी हटाएर नयाँ विज्ञापन गर्नुपर्ने अडान लिएपछि झडपको अवस्था आएको हो । 

खाँडाचक्र नगरपालिकाका प्रशासन प्रमुख अबिराज शाहीले नगरपालिकामा हाजिर नै नगरि तलब भत्ता खुवाएको आरोप लागेको छ । गएकाे वैशाखको भएकाे पालिका चुनावमा मेयर स्वतन्त्रबाट र उपमेयर माओवादी केन्द्रबाट विजयी हुनुभएको हो ।

मेयर कमलबहादुर शाही अहिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । चुनावमा तत्कालीन सत्तापक्षको समीकरणमा टिकट नपाएपछि उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया