१३ जना मान्छे खाने बाघ मार्न यस्तो कुकुर

 असोज २५, २०७५ बिहिबार ७:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र  पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ ।  ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ । 

यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहेको छ तर पनि सफलता पाउन सकेको छैन । वन रेन्जरहरु यसलाई नियन्त्रणमा लिनका लागि दिनरात प्रयास गरिरहेका छन् । 

प्रशासनले बघिनी समात्न गएको सोमबार एक थप विकल्प अघि सारेको छ । बघिनीको शिकार गर्न ‘केन कोरसो’ प्रजातिको दुई कुकुर परिचालन गरिएको छ । यो कुकुरालाई शिकारी कुकुर मानिन्छ । 

भारतीय पत्रिका टाइम्स अफ इन्डियका अनुसार ‘टी १’  बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो ।

यो कुकुर किन  ?

केन कोरसो निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो ।

यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन । इतिहासलाई हेर्ने हो भने यसले रात्रीकालिन चौकिदारको भूमिका निभाउँछन् । 

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्षको हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको निक्कै ठूलो हुन्छ  । यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने गर्दछ । 

–बीबीसी हिन्दीकाे सहयाेगमा 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया