खाेटाङमा भिरबाट लडेर एक वृद्धकाे ज्यान गयाे

 माघ २१, २०७९ शनिबार ११:०:१ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङमा भिरबाट लडेर एक वृद्धकाे ज्यान गएकाे छ । घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएकाे हाे । 

हिजाे बेलुका हिँडिरहेका बेला भिरबाट दुई सयमिटर तल खसेर गम्भीर घाइते हुनुभएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटामै ज्यान गएकाे प्रहरीले जनाएको छ । 
दिक्तेल लैजानेक्रममा रावाबेसी गाउँपालिका–१ कुभिन्डे वडा कार्यालय नजिकै पुगेपछि गुरुङको ज्यान गएकाे स्थानीयले बताएका छन् ।

गएराति प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क लगिएको शव शनिवार आज बिहान पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • सुरेश राइ

    Feb. 4, 2023, 11:42 a.m.

    लडेर मरेको मृतक्को परिवारलाई हार्दिक सम्बेदना प्रकट गर्दै मृतक प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु साथै सोकाकुल परिवारलाई धैर्य धारण शक्ति मिलोस उहाको स्वोर्गमा बास होस

  •  0 Reply

तपाईको प्रतिक्रिया