विद्युत् महसुल नबुझाएरै सञ्चालित दाङका दुई सिमेन्ट उद्याेग

 माघ २१, २०७९ शनिबार १३:२:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका दुई सिमेन्ट उद्याेगले लामाे समयदेखि विद्युत् महसुल बुझाएका छैनन् । घोराही सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगले विद्युत् महसुल नै नबुझाई उद्योग चलाइरहेका छन् ।

घोराही सिमेन्ट उद्योगले १९ महिनाको १ अर्ब २८ करोड ६८ लाख १२ हजार ६१३ रुपैयाँ ५२ पैसा विद्युत् महसुल तिर्न बाँकी छ । यस्तै सोनापुर सिमेन्ट उद्योगले २४ महिनाको ७१ करोड ५७ लाख ६३ हजार ९५३ रुपैयाँ ४५ पैसा तिर्न बाँकी रहेको छ ।

विद्युत् महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले पटक पटक ताकेता नगरेको पनि होइन । तर उद्योगहरूले त्यसलाई बेवास्ता गरिरहेका छन् । यी दुई सिमेन्ट उद्योग प्रतिनिधि पात्र मात्रै हुन् । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका अनुसार साना–ठूला उद्योगहरूबाट २ अर्ब १४ करोड, ४८ लाख ४५ हजार ३ सय ७५ रुपैयाँ ९९ पैसा विद्युत् महसुल उठाउन बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गोइवारका अनुसार बक्यौता बाँकी रहेका उद्योग र उपभोक्ताहरूलाई लगातार पत्राचार गर्दासम्म पनि तिर्न आएका छैनन् । उपभोक्ताले विद्युत् महसुल नतिर्दा प्राधिकरणले आर्थिक व्यय भार खेप्नु परिरहेको उहाँको भनाइ छ ।

सामान्य उपभोक्ताको हकमा विद्युत् महसुल समयमा नतिरे विद्युत् वितरण केन्द्रले विद्युत् सेवा बन्द गरिदिन्छ । तर यता सिमेन्ट उद्योग भने तिर्नुपर्ने महसुल नै नबुझाई उद्योग सञ्चालन गर्दै आइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया