सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
दैलेख – ट्रकले ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि मृतकका आफन्तकाे अवराेधका कारण बन्द कर्णाली राजमार्ग सञ्चालनमा आएकाे छ । क्षतिपूर्ति दिने सहमति भएपछि यातायात सञ्चालनमा आएको आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले बताउनुभयो ।
कालीकोटबाट सुर्खेतका लागि छुटेको भे १ ख ३५१८ नम्बरकाे ट्रकले गएराति कर्णाली राजमार्गको जाक्सी नजिक ठक्कर दिँदा दैलेखको आठबीस नगरपालिका–३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको थियो ।
ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि भाग्दै गरेको ट्रकलाई २ किलोमीटर टाढा रोकेपछि चालक फरार भएका थिए । चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह विष्टले बताउनुभयो ।
अवरोध हटाउन जिल्लाका सुरक्षा अधिकारीहरु, आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले पहल गर्नुभएको थियो । सडक अवरुद्ध हुँदा बिहानैदेखि सुर्खेत, कालीकोट, जुम्ला र मुगु जाने यात्रुहरु बिचल्लीमा परेका थिए ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।