बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
पर्सा – पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् ।
उनी ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले जनाएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो ।
जगरनाथपुर गाउँपालिका अन्र्तगत वडा नम्बर –३, बिजवनियामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिएका हुन् । विद्यालयको भवन निर्माणका लागि बैंकमा कार्यालयले रकम पठाएको थियो । त्यसरी पठाएको रकमको फुकुवा भने कार्यालयले दिएको थिएन ।
त्यही रकम फुकुवा गराउन प्रमुख साहले विद्यालय निर्माण समितिका पदाधिकारीमार्फत ४० हजार रकम घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । स्टिङ्ग अप्रेशन अन्र्तगत साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।