यूएसएआईडीले नेपाललाई साढे ७ अर्ब रुपैयाँ सहयाेग गर्ने

 माघ २४, २०७९ मंगलबार २०:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) ले नेपाललाई पाँच करोड ८५ लाख अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँभन्दा धेरै रकम सहयोग प्रदान गर्ने भएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएका यूएसएआईडीका प्रशासक सामन्था पावरले नेपाल सरकार र नागरिकसँगको लोकतान्त्रिक साझेदारीमा यो रकम खर्च गरिने बताउनुभएको छ । घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको नेपालमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ । नेपालमा चुनाव भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको प्रशासक सामन्था पावरले बताउनुभयो ।

यूएसएआईडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गर्न मद्दत हुने उहाँले बताउनुभयो । नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि बलियाे पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने विश्वास लिइएकाे छ । यस्तै मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि यूएसएआईडीले जारी राख्ने जनाएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया