दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष गुरुङकाे निधन

 माघ २७, २०७९ शुक्रबार १४:५३:३३ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष लक्षुमण गुरुङकाे निधन भएको छ । ७७ वर्षीय अध्यक्ष गुरुङको आज शुक्रवार दिउँसो निधन भएको हो ।

स्वास्थ्य जाँचका लागि काठमाण्डौ आउने क्रममा अकस्मात् मुटु दुखेपछि दैलेख अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा उहाँको निधन भएको उहाँका भतिजा जगत गुरुङले बताउनुभयो । हिजो बिहान स्वास्थ्यमा समस्या देखिएपछि दैलेख सदरमुकाममा जचाउँदा सामान्य देखिएपछि अध्यक्ष गुरुङ घर फर्किनुभएको थियो । आज उपचारका लागि जाँदै गर्दा बाटोमै उहाँलाई हृदयघात भएको बताइएको छ ।

उहाँ यसपालिको पालिका चुनावमा नेपालभरकै ज्येष्ठ पालिका प्रमुख हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया