हात्ती धपाउन राखेकाे करेन्ट लागेर झापामा एक जनाकाे ज्यान गयाे

 माघ २८, २०७९ शनिबार १३:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाकाे विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।

हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडमा रहेकाे विर्तासिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे ।

श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया