काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आईसीसी टी ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा शुक्रबार नेपाल र सिंगापुर अपराजित यात्रा कायमै राख्दै प्रतियोगिता टुंगाउने प्रयासमा रहेका छन् ।
नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेदेखि सुरुहुने छ । दुवै टिमले छनोट प्रतियोगितामा अहिले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै शीर्ष दुई स्थानमा रहेका छन् । नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहेको छ ।
यस प्रतियोगिताबाट शीर्ष तीन टिमले अर्को चरणमा स्थान बनाउने भएकाले नेपाल र सिंगापुरको विजेता पहिलो स्थानमा रहँदा पराजित हुने टिम दोस्रो स्थानमा रहेर प्रतियोगिता टुंगाउने छ ।
तर तेस्रो स्थानका लागि भने मलेसिया र थाइल्याण्डबीचमा कडा प्रतिस्पर्धा रहेको छ । तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै ७ अंक जोडेको छ । तर चौथो स्थानको मलेसियाले आज चीनसँग खेल्न लागेकाले आजको खेलमा चीनलाई पराजित गरेमा मलेसियाले दोस्रो चरणमा स्थान बनाउने छ ।
तर चीन र मलेसियाको खेल बराबरी भएमा थाइल्याण्डलाई फाइदा पुग्ने छ । मलेसियाको अहिले ५ अंक रहेको छ । यस्तै भुटान र म्यानमार पनि आजै भिड्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।