सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने

 माघ २९, २०७९ आइतबार १३:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने भएको छ । विशिष्ट व्यक्तिको सवारीका बेला नागरिक हिँड्न समेत नपाउनेगरी सुरक्षामा कडाइ गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको हो ।

नेपाल चिकित्सक सङ्घसँगको वार्ताका क्रममा सरकारी पक्ष कार्यविधि संशोधन गर्न तयार भएको हो । गएको शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउजाउ गर्ने क्रममा सडकमा नागरिकसम्म हिँड्न पाएका थिएनन्, उपत्यकाभर जाम बढेको थियो ।

यस्तै सवारीका बेला हिँडेको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरलाई समेत कुटपिट गरेको थियो । कुटपिटको विरोधमा सङ्घले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि सरकार र नेपाल चिकित्सक सङ्घबीच वार्ता भएको छ ।

वार्तामा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गर्नेसहित ६ बुँदे सहमति भएको छ ।  अब अति विशिष्ट र विशिष्ट व्यक्तिको सवारीका कारणले बिरामी एवम् आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने व्यवस्था गर्ने सहमति गरेपछि चिकित्सकहरूको आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

यस्तै, कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्नमाथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ । वार्तापछि आजको लागि घोषणा भएको आन्दोलन स्थगित समेत भइसकेको छ । डाक्टरहरु काममा फर्किएका छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया