सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, चिकित्सकहरु काममा फर्कने

 माघ २९, २०७९ आइतबार १२:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल चिकित्सक सङ्घले अस्पतालमा आपत्कालीन बाहेकका सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा नेपाल चिकित्सक सङ्घले अगाडि सारेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर आ–आफ्नो जिम्मेवारी सम्हाल्ने सहमति भएको हो ।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा सङ्घले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको थियो । यस सम्बन्धमा वार्ता गर्न सरकारले गठन गरेको टोली र आन्दोलनरत नेपाल चिकित्सक सङ्घको टोलीबीच वार्ता भएको हो ।

टोलीबीच घाइते चिकित्सकको उपचार सरकारले गर्ने, विशिष्ट व्यक्तिको सवारीका क्रममा अत्यावश्यक क्षेत्रमा असहजता नहुने गरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा गर्नुपर्ने परिमार्जनका विषयमा एक हप्ताभित्र नेपाल सरकार समक्ष सुझाव पेस गर्ने लगायतका सहमति भएका छन् ।  
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया