२०८० सालका मुख्य चाडपर्व पछाडि धकेलियो : असोजमा तीज, कात्तिकमा दशैँ

 फागुन १, २०७९ सोमबार ८:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् ।

साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यसअनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । जबकी यस वर्षको तीज भदौ १४ मा मनाइएको थियो । यसपालि असोज १० गते घटस्थापनापछि दशैँ सुरु भएकोमा २०८० सालको घटस्थापना भने असोज २८ गते परेको छ ।

यस्तै कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी र ११ गते कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।

यसपालि कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैता अष्टमीमा मनाइने चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ । यसवर्ष २०७९ को चैते दशैँ भने आउँदो चैत १५ गते मनाइँदैछ ।  

तस्बिर : नेपाल पञ्चाङ्घ निर्णायक समिति

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया