काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा एपीएफ क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि पहिलो खेलमा एक एक अंक बाँड्न बाध्य भएका हुन् । ड्र खेलेपछि दुवै टिमले एन्फाले प्रत्येक म्याचमा दिने १५–१५ हजार रुपैयाँ पनि पाएका छन् ।
एन्फाले खेल जित्ने टिमलाई ५० हजार तथा बराबरी खेलेमा १५–१५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार अपरान्हकाे दोस्रो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाईज क्लब खेल्दैछन् । यससँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो चरणको खेल सकिनेछ ।
दोस्रो चरणको खेल तिहारपछि सञ्चालन हुने एन्फाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।